प्रधानमन्त्रीले नै हप्तामा एकपटक सरकार फेरिँदैन भन्नुपर्ने अवस्थामा चलेको छ : गगन थापा (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीले नै हप्तामा एकपटक सरकार फेरिँदैन भन्नुपर्ने अवस्थामा चलेको छ : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिँदै भन्नुपर्ने अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सरकार फेरिने डरले राजनीतिक दलहरूको अर्को चुनावसम्म पनि सोच्न नसकेको बताए ।

उनले भने, ‘राजनीतिकर्मीहरू गर्नेहरू अर्को चुनावको बारेमा सोच्छ त्यसैले हामीले ०८४ भनिरहेका छौँ। तर राजनेताहरू अर्को जेनेरेसनको बारेमा सोच्छन्, हामीकहाँ त अर्को चुनावको बारेमा सोच्ने पनि सुविधा छैन। प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिन्न भनेर बताइराख्नुपर्ने अवस्था छ। त्यसैले अर्को चुनाव होइन अर्को सरकार कहिले बन्ला भन्ने डर र भ्रमका बीचमा सरकारहरू बनिरहेका छन्, यसरी नै चल्दै पनि आयो। त्यसैले हामीले चुनावसम्म पनि सोच्न सकिरहेका छैनौँ भने अर्को जेनेरेसनको बारेमा त कसरी सोचौँला।’

उनले राजनीति गर्नेहरू कहिलेकाहीँ दबाब र प्रभावमा निर्णय गर्ने गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर