रास्वपाको आन्दोलनबारे महेश बर्तौलाको टिप्पणी- भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो – Nepal Press

रास्वपाको आन्दोलनबारे महेश बर्तौलाको टिप्पणी- भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपा अनुसन्धानलाई प्रभावित पार्ने, अदालतलाई धम्काउने काममा लागेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कानूनअनुसार काम गर्ने भएकाले कसैलाई फसाउने नियतले काम नगर्ने बताए ।

उनले भने, ‘सरकारले कानूनअनुसार काम गर्छ, अनुहार हेरेर होइन । कुन राजनीतिक पार्टीमा आबद्ध छ हेरेर होइन, कानूनले के भन्छ राज्यको अनुसन्धान गर्ने निकायहरुले काम गर्छ । सबै निकायको अनुसन्धानपछि अदालतले फैसला गर्ने हो । कसैलाई फसाउन, कसैलाई बदनाम गर्ने काम सरकारले गर्दैन । अनुसन्धानले गर्ने प्रक्रिया सुरु हुँदै हुल गरेर राजनीतिक प्रतिशोध राखेर किन पक्राउ गरियो भनेर भीड जम्मा गरिएको छ, यो बेठीक छ ।’

प्रमुख सचेतक बर्तौलाले लोकतन्त्रमा कानूनले काम गर्ने प्रक्रियालाई अवरोध गर्नु पनि अपराध भएको बताए ।

उनले थपे, ‘रविजी सांसद एवं पूर्वगृहमन्त्री हुनुहुन्छ । उहाँले सहज रुपमा अनुसन्धानमा सघाउनुपर्ने हो । उहाँहरु विधिको शासन मान्छु भन्नुहुन्छ, पक्राउ गर्न पाइँदैन भन्नुहुन्छ, अदालती प्रक्रिया मान्छु भन्नुहुन्छ, फेरि अदालतकै आदेशबाट पक्राउ गरेको विषयमा मान्दिनँ, खबरदार भन्नुहुन्छ ।’

उनले विरोधसभामा रास्वपा सांसदहरुले प्रयोग गरेको भाषाको
पनि आलोचना गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर