बीपीमा जलन अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा – Nepal Press

बीपीमा जलन अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा

विराटनगर । आगोले जलेका बिरामीहरूको प्रदेशमा उपचार हुन नसकिरहेको अवस्थामा कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । प्रदेशमा जलनका बिरामीको उपचार गर्ने अस्पताल अभाव हुँदा बिरामीहरूको मृत्यु हुँदै आएको थियो ।

गत वर्षको तिहारमा उर्लाबारीमा भएको ग्याँस सिलिन्डर विस्फोट हुँदा भएको आगोलागिमा परेर ५ जनाको मृत्यु भएको थियो । घटनामा परि प्रहरी सहित २८ जना घाइते भएका थिए । उर्लाबारी घटनापछि कोशी प्रदेश सरकारले प्रदेशमा जलन अस्पताल निर्माण गर्ने तयारी गरेको थियो ।

प्रदेशमा जलन अस्पतालको आवश्यकता महसुस भएपछि यस अघि आधारभूत तहको अस्पताल बिपीमा नै सञ्चालन भएर बन्द भएको अवस्थामा पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सह प्रवक्ता डा अभिजित कुमारले जानकारी दिए । उनले जलेका बिरामीलाई उपचारका लागि छुट्टै जलन अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पु¥याएको उनले जानकारी दिए ।

आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीलाई सहज होस तथा उपचार अभावका कारणले अकालमा ज्यान गुमाउन नपरोस् उद्देश्यले अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

जलेका बिरामीको उपचारका लागि छुट्टै भवन निर्माण गरेर ३० शैंयाको बर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको उनले बताए ।बर्न सेन्टरका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र भौतिक पूर्वाधारको काम समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

सबै तयारी अन्तिम चरणमा पुगेकाले अबको एक महिनाभित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका सह प्रवक्ता डा अभिजित कुमारले बताए ।

तत्काल ३० वटा शैंया भएको बर्न अस्पताल सञ्चालन गर्ने तयारी भएको र अहिले २० वटा जनरल शय्या तयारी भइसकेको र बाकी १० वटा शय्यामा आइसियु र गम्भीर किसिमका बर्नका बिरामीको उपचारका लागि व्यवस्थापन गर्ने तयारी भएको बिपीका प्रवक्ता अभिजितले जानकारी दिए ।

अस्पतालमा लिफ्टको काम गर्न बाँकी रहेकाले काम समापन भएसँगै बर्न अस्पताल सञ्चालन गर्ने उनले बताए ।

अस्पतालमा लिफ्टका लागि ‘टेन्डर’ आह्वान गरिसकेको छ । बर्नका बिरामी ‘सिजनल’ आउने गरेकाले बिपीमा ३० वटा शैंयाले पुग्ने उनले बताए। धरानमा बर्न सेन्टर सञ्चालनमा आएपछि जलेका बिरामीलाई उपचारका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यता अन्त हुने उनको भनाइ छ ।

यहाँ सुनसरीसहित कोशी प्रदेश र मधेश प्रदेशका जनकपुरसम्मका बिरामीले सेवा लिने प्रतिष्ठानका सह प्रवक्ता अभिजित कुमारले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *