बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च – Nepal Press

बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च

काठमाडौं । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएपछि एयरपोर्टमा सुरक्षा सतर्कता बढाइएको छ ।

सोमबार अपरान्ह दिल्ली उड्न लागेको उक्त जहाजमा बम रहेको सूचना आएपछि अहिले नेपाली सेना र नेपाल प्रहरीले संयुक्त सर्च थालेका छन् । उक्त जहाज सवा ३ मा त्रिभुवन विमानस्थल अवतरण भएको थियो ।

पौने ४ बजेको उडान रहेको उक्त जहाजमा केही यात्रु चढेपछि उडान रोकेर चेकजाँच भइरहेको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘एयर इन्डियाका कर्मचारीले नै जहाजमा बम भएको सूचना आएको जानकारी दिएपछि उडान रोकेर चेक भइरहेको छ । एयर इन्डियाले १५९ जना यात्रु लिएर दिल्ली जान लागेको थियो ।’

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौं अवतरण गरेको भिस्तारा एयरलाइन्सको विमानमा बम राखिएको सूचना आएको थियो । २-३ घण्टाको सर्चपछि बम राखिएको सूचना फेक भएको पुष्टि भएको थियो ।

पछिल्लो समय भारतीय एयरलाइन्सका जहाजमा बमको फेक सूचनाले उडानहरू प्रभावित भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर