साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री स्थगित – Nepal Press

साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री स्थगित गरेको छ ।

प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै आइतबार नेपाल र भारतबीच भएको खेलमा क्षमताभन्दा बढी टिकट बिक्री हुँदा व्यवस्थापन र सुरक्षा चुनौती आएको विषयमा आधिकारिक टिकट बिक्रेता माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्ससँग बुझ्ने कार्य भइरहेकाले अर्को सूचना नआएसम्मका लागि टिकट बिक्री स्थगित गरिएको जनाएका छन् ।

उनका अनुसार नेपाल र बंगलादेशबीच बुधवार साँझ हुने खेलको टिकटबारे एन्फाले अर्को सूचना जारी गरेर जानकारी दिइनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *