बर्खास्तीमा परे म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ह्याग – Nepal Press

बर्खास्तीमा परे म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ह्याग

हेटौंडा । लगातारको खराब प्रदर्शनपछि इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक टेन ह्यगलाई बर्खास्त गरेको छ ।

सोमबार युनाइटेडले नियमित प्रशिक्षक ह्यागलाई बर्खास्त गर्दै युनाइटेडकै पूर्व खेलाडी रुद भान निस्टलरोयले अन्तरिक प्रशिक्षकका रूपमा नियुक्ति दिएको छ ।

डच प्रशिक्षक ह्यागले करिब साढे २ वर्ष प्रशिक्षण सम्हालेपनि क्लबले कुनै उल्लेख प्रगति हासिल गर्न नसक्दा उनको बर्खास्तीबारे नयाँ सिजन सुरुभएएता चर्चा चलेको थियो ।

इंग्लिस प्रिमियर लिगमा आइतबार राति युनाइटेड वेस्ट ह्यामको हातबाट २-१ ले पराजित भएको २४ घण्टा नबित्दै ह्याग बर्खास्तीमा परेका हुन् ।

इपिएलमा अहिले युनाइटेडको अवस्था नाजुक छ । ९ खेल खेलेको युनाइटेड ३ जित, २ बराबरी र ४ हारसहित ११ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ । उ रेलिगेसन जोनबाट जम्मा ४ स्थान मात्र माथि छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *