धनतेरसको चहलपहल (तस्बिरहरू)
काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाडको रुपमा मनाउँदै आइएको तिहारको संघारमा पर्ने धनतेरस पर्वको अवसरमा काठमाडौंको प्रमुख व्यपारिक स्थल न्युरोडका पसलहरुमा मानिसहरुको घुइँचो लागेको छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेमा शुभ हुने जनविश्वास रहेका कारण आजको दिन सुनचाँदी पसलहरुमा मानिसहरुको भिड लागेको हो ।
धन्तेरसको दिनमा किनिएका भाँडाकुँडा तथा गर गहनाहरुलाई कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा गरे पछित मानिसको जीवनमा लक्ष्मी स्थिर रुपमा रहने र आरोग्यता प्राप्त हुने विश्वास लिने गरिन्छ ।
धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धन्तेरसलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी लगायतका नामले पनि चिनिने गरिन्छ ।
धनतेरस, ब्यापारीकाे खेल ।