इन्डोनेसियामा आईफोन १६ र एप्पल वाच उत्पादन प्रतिबन्ध – Nepal Press

इन्डोनेसियामा आईफोन १६ र एप्पल वाच उत्पादन प्रतिबन्ध

काठमाडौं । दक्षिण पूर्वी एसियाको विशाल अर्थतन्त्र तथा जी-२० सदस्य देश इण्डोनेसियाले आईफोन १६ तथा एपल वाचमा प्रतिबन्ध लगाएको छ ।

बङ्गलादेशी अखबार डेली स्टारले दि इकोनोमिक टाइम्सको समाचार साभार गरेर प्रतिबन्ध औपचारिक भएको उल्लेख गरेको छ ।

एप्पल कम्पनीले प्रतिबद्धता गरे अनुसार आफ्नो देशमा उत्पादन र लगानी नगरेको भन्दै प्रतिबन्ध गरेको बताइएको छ । प्रतिबन्धले एप्पलको भावी उत्पादन लाई मात्रै नभएर हाल प्रचलनमा रहेका उत्पादनलाई पनि असर गर्ने बताइएको छ ।

यसले स्थानीय र पर्यटक दुवैलाई असर गर्ने बताइएको छ । एपलले झण्डै ११ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता गरेको थियो । तर, सबै लगानी गरेन । त्यसको प्रतिक्रियामा इन्डोनेसियाको उद्योग मन्त्रालयले एपलको आईएमईआई सर्टिफिकेट अर्थात् इन्टर्नेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी सर्टिफिकेट दिन बन्द गरेको डेली स्टारले उल्लेख गरेको छ ।

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या भएको देश हो । यसको जनसङ्ख्या २८ करोड हाराहारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर