जीबी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले
रविलाई हिरासतमा राख्नुपर्ने कारण नभएको दाबी, धनराज गुरुङ र ऋषिकेश पोखरेललाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रवि लामिछानेलाई जस्तै आरोप लागेका कांग्रेस एमालेका नेताहरुलाई सरकारले उन्मुक्ति दिएको आरोप लगाएका छन् ।
बालुवाटारमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै रवि लामिछानेलाई हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको दाबी गरे ।
उनले भने, ‘सरकारले प्रतिशोध राखेको भन्ने पुष्टी भइसकेको छ । त्यसको प्रतिवाद गरेका छौं । उहाँलाई जस्तै आरोप लागेको कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका नेता ऋषिकेश पोखरेललाई पनि आरोप लागेको छ । तर, उहाँहरुलाई सत्ताले बचाइराखेको छ । जीबी राईका सल्लाहकार त अहिले राष्ट्रपतिका सल्लाहकार छन् ।’
रवि लामिछानेलाई जस्तै आरोप लागेकाहरू सजिलै हिँडिरहेका भन्दै सत्ताको आडमा उन्मुक्ति दिन खोजे अस्वीकार्य हुने बताए ।
काँग्रेसजस्ता लुटेराहरूको बिगबिगी छ देशमा ।
असल मान्छेलाई कानून लगाउने देश हो यो । नक्कली नागरिकताधारी तुरून्तै छुट्यो किनकी उ देशको मिडियाको दलाल नम्बर वान थियो । सरकारी जग्गा खाने चोर अर्बपति थियो । उ पनि छुट्यो । मिडिया, एजेण्ट, दलाल सबै उसकै पक्षमा लागे । स्वाभिमानी जनता यो सबै हेरिरहेका छन् ।ती जागेको दिन यी राष्ट्रिय अन्तराष्ट्रिय फटाहाहरूले देशमा टेक्न पनि पाउँदैनन ।