सरकारद्वारा भूमि समस्या समाधान आयाेग गठन : अध्यक्षमा हरि, काे-काे छन् अरू ? – Nepal Press

सरकारद्वारा भूमि समस्या समाधान आयाेग गठन : अध्यक्षमा हरि, काे-काे छन् अरू ?

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

प्यूठानका श्रीहरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको सञ्चार प्रविधि तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेको केन्द्रीय सदस्य रहेका रिजालले एमाले लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदार बनेर पराजित भएपछि केन्द्रीय सदस्य गुमाएका हुन् ।

आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा एमालेबाट सिन्धुपाल्चोकका जगत बस्नेत, कांग्रेसबाट कैलालीका टेकबहादुर शाह, सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुरजबहादुर खड्का, झापाका अनिलकृष्ण प्रुसाई, तनहुँका आरती भण्डारी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर