जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल कात्तिक २५ मा अजरबैजान जाने
नेपाल प्रेस
२०८१ कार्तिक १३ गते २१:१६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले कात्तिक २५ गतेदेखि अबरैजानको बाकुमा आयोजना हुने जलवायु परिवर्तसम्बन्धी सम्मेलनमा भाग लिने जाने भएका छन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रको २९ औ सम्मेलन अन्तरगत ‘वल्र्ड लिडरर्स क्लाइमेट एक्सन समिट’मा भाग लिनका लागि राष्ट्रपति पौडेले नेतृत्वको टोलीलाई अजरबैजान भ्रमणका लागि स्वीकृति दिएको हो ।
कात्तिक २५ गते तदनुसार १० नोभेम्बर २०२४ मा अजरबैजानतर्फ प्रस्थान गरेर कात्तिक ३० गते अर्थात तदनुसार १५ नोभेम्बर २०२४ मा स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया