एआईजीमा बढुवा भएका २ जनालाई ‘मध्यरात’ मा लगाइयो फुली
काठमाडौं । सरकारले मंगलबार साँझमात्रै एआईजीमा बढुवा गरेका दुई प्रहरी अधिकृतलाई मध्यरातमै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मंगलबार साँझको क्याविनेटले डीआईजी किरण राणा र सुन्दरप्रसाद हैजुलाई बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरू दुवैजनालाई आईजीपी वसन्त बहादुर कुँवरले मंगलबार राति नै प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दर्ज्यानी चिन्ह लगाइदिए ।
एआईजी राणा आज एक दिनमात्रै जिम्मेवारी सम्हालेर आजै रातिबाट अवकाशमा जाँदै छिन् ।
सिनियरद्वय डीआईजी बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई बाइपास गर्दै अवकाशको संघारमा पुगेकी जुनियर राणालाई बढुवा गरेको भन्दै गृहमन्त्री र सरकारको आलोचना बढेको छ ।
याे नालायक, भ्रष्ट , दलाल र बिचाैलियाहरुकाे लम्पसारबादी सरकारकाे गैर कानुनी सरुवा, बढुवाकाे आलाेचना मात्रै गर्ने कि सरकारकाे यस्ता गैर जिम्मेवार निर्णय बिरुद्ध पीडित सराेकारवालहरुले अदालतका रिट निबेदन हालेर निर्णय बदर गराउन सहयाेग गर्ने हाे ? नेपालका सबै प्रशानिक , सुरक्षा , न्यायालय , शैक्षिक , सार्बजनिक सस्थान र सम्बैधानिक निकायहरुलाई यस्तै गरि निकम्मा, असक्षम, दलाल बनायर गैर कानुनी र गै सम्बैधानिक निर्णय गर्ने गराउने गरेकाे प्रष्ट देखिएकाे छ । चेतना भया !!!
को सिनियर र को जुनियर, जसको भाग्य रेखा बलियो उही सिनियर !