संविधान संशोधनका लागि एमाले-कांग्रेस गठबन्धन : उपाध्यक्ष बराल
विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले एमाले र कांग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् ।
जनार्दन मैनाली स्मृत पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले लोकतन्त्रको संस्थागत विकास, देशको विकास र संवृद्धि का लागि एमाले काङ्ग्रेस बिचमा गठबन्धन भएको बताए ।
उनले भने, ‘संविधान सहमतिको दस्ताबेज भएकाले सहमतिका आधारमा संविधान संशोधन गर्न एमाले र कांग्रेसबीचमा गठबन्धन भएको हो ।’
बरालले संविधानका सबल पक्षलाई अगाडी बढाउनु पर्ने र कमजोर पक्षलाई संशोधन गर्नु पर्ने बताए । संविधानमा भएका कमजोर पक्षलाई संशोधन गरेर जाने विषयलाई प्राथमिकतामा राखेर काम भाइ रहेको बताए ।
उनले एमाले र कांग्रेसबीचको गठबन्धन सरकारमाथि प्रश्न उठेको भन्दै उनले, ‘भने २०४७ सालमै मदन भण्डारीले एमाले र काङ्ग्रेस मिलेर सरकार चलाउनु पर्ने बताउनु भएको थियो । त्यही कुरालाई आत्मासाथ गर्दै एमाले र कांग्रेस मिलेर सरकार चलाइएको छ ।’
सरकारले सत्तामा रहेकालाई संरक्षण गर्ने र सत्ता भन्दा बाहिर रहेकालाई थुन छेक गर्ने नीति नलिएको बताए । उनले भने ‘सत्तामा बसेकाहरूले पनि गल्ती गरेको भए सजायको भागीदार हुन्छन् ।’
उनले सञ्चार जगतले नेपाली राजनीतिलाई बाटो देखाउने काम गरेको बताए । उनले सञ्चार क्षेत्रले बाटो बिराउनेलाई औँला उठाएको बताए । उनले लोकतन्त्रको संस्थागत विकासका लागि खबरदारी भएको बताए । उनले अहिले लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेको बताए ।
यसैबीच विराटनगरका पत्रकार बाबुराम भण्डारीलाई यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशि १५ हजार ५ सय रुपैयाँ रहेको छ ।