विद्यार्थीबाट अवैध शुल्क उठाउने क्याम्पसलाई कारबाही गर्ने जनकपुरधामका नगरप्रमुख र नेविसंघबीच सहमति – Nepal Press

विद्यार्थीबाट अवैध शुल्क उठाउने क्याम्पसलाई कारबाही गर्ने जनकपुरधामका नगरप्रमुख र नेविसंघबीच सहमति

जनकपुरधाम । विद्यार्थीसँग गैरकानूनी रुपमा शुल्क उठाउने गरेका नीजि क्याम्पसलाई कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले नेपाल विद्यार्थी संघसंग सहमति गरेको छ ।

विद्यार्थीसँग अवैध शुल्क क्याम्पसलाई उठाउन नदिने विषयमा जनकपुरधामका नगर प्रमुख मनोज साहले नेविसंघका धनुषा जिल्ला अध्यक्ष आशुतोष झासंग लिखित सहमति गरेका हुन् ।

नीजि क्याम्पसहरुले राष्ट्रिय परीक्षा वोर्डले तोकेको रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्कबाहेक विभिन्न बहानामा रकम असुली गर्ने गरेको गुनासो विद्यार्थीहरुको छ । विद्यार्थीको गुनासोबारे नेविसंघले ज्ञापन–पत्र बुझाएपछि नगरप्रमुख साहले अबैध ढंगले रकम असुल्ने क्याम्पसहरुलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेका छन् ।

शैक्षिक सत्र २०८०/२०८१, २०८१/०८२ मा कक्षा ११ र १२ मा छात्रवृतिमा अध्ययन गर्न सिफारिस भएका विद्यार्थीलाई अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ को दफा २७ को उपदफा (३) र नियमावली २०७७ को नियम ८ बमोजिम राष्ट्रिय परीक्षा वोर्डले तोकेको रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क वाहेक लिएको अन्य शुल्क सम्बन्धित विद्यार्थीलाई अविलम्व विद्यालयवाट फिर्ता गराउने र फिर्ता नगरेमा कानुन वमोजिम कार्यवाही हुने सहमति–पत्रमा उल्लेख छ ।

यस्तै भर्ना भएका बिद्यालयमा एक पटक मात्र विद्यार्थीसंग भर्ना शुल्क लिने कानूनी प्रावधानअनुसार हुने तथा पुनः दोस्रो पटक भर्ना शुल्क लिएको भए फिर्ता गर्ने पनि सहमती गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर