नेपाल र बंगलादेशको खेल अगाडि सुरक्षा चेकका लागि रंगशालामा लगियो कुकुर – Nepal Press

नेपाल र बंगलादेशको खेल अगाडि सुरक्षा चेकका लागि रंगशालामा लगियो कुकुर

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल अहिले केही बेरमा हुँदैछ ।

दशरथ रंगशालामा नेपाल र बंगलादेश उपाधिका लागि भिड्नुअघि कडा चेकजाँच भइरहेको छ ।

दर्शकहरू खेल सुरु हुनुअघि २, ३ घण्टाअगाडिबाट नै रंगशाला पुगेका छन् । सुरक्षालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले कुकुरको सहायताबाट समेत चेकजाँच गरिरहेको छ ।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर