भारतीय रेफ्री बर्मन कनिकाले फाइनल खेलाउँदै, एसिस्टेन्ट पनि भारतकै
नेपाल प्रेस
२०८१ कार्तिक १४ गते १८:४५
काठमाडौं । महिला साफ च्याम्पियनसीप फुटबलको फाइनलमा भारतीय रेफ्री कनिका बर्मनले खेलाउँदैछिन् । मुख्य रेफ्रीका रुपमा उनलाई जिम्मेवारी दिइएको हो ।
सेमिफाइनलमा भुटानकी ओम चोकी मुख्य रेफ्री थिइन् । उनका निर्णयहरु विवादित बनेका थिए । रेफ्रीको गलत निर्णयहरुबाट जोगिँदै नेपालले भारतलाई सेमिफाइनलमा हराएको थियो ।
बर्मन एसियन फुटबल महासंघ (एएफसी) इलाइट प्यानलकी रेफ्री हुन् । एएफसी इलाइट प्यानलमा छनोट हुने उनी दोस्रो भारतीय महिला रेफ्री हुन् ।
फर्स्ट एसिस्टेन्ट रेफ्रीमा श्रीलंकाकी मधुसनी मलिका रहेकी छन् । सेकेन्ड एसिस्टेन्ट रेफ्रीमा भारतकै हाल्दर उज्जल रहेकी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर