बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन, छैटौंपटक नेपाल उपविजेतामा सीमित
नेपाल प्रेस
२०८१ कार्तिक १४ गते २०:३०
काठमाडौं । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।
फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा बंगलादेशले गोल गरेको थियो ।
त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् ।
तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले दोस्रोपटक अग्रता लियो । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । नेपालले भने छैटौं पटक उपविजेतामा सीमित भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर