फाइनलमा हारपछि महिला टीमका प्रशिक्षकद्वारा राजीनामा – Nepal Press

फाइनलमा हारपछि महिला टीमका प्रशिक्षकद्वारा राजीनामा

काठमाडौं । महिला साफ फुटबलको फाइनलमा बङ्गलादेशसँग पराजित भएपछि प्रसिक्षक राजेन्द्र तामाङले राजीनामा घोषणा गरेका छन् । बुधवार दशरथ रंगशालामा भएकाे फाइनल खेलमा २–१ ले पराजित नेपाल लगालग दुई पटक र सबै जोडेर छ पटक उपविजेता भएको खबरसँगै तामाङको राजीनामा आएको हो ।

यो सूचना एन्फाको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको छ । हालसम्म उपाधिबिविहीन नेपाली महिला टोलीका प्रशिक्षकको राजीनामापछि अब को आउने कुनै जानकारी सार्वजनिक भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर