लुम्बिनीका मुख्यमन्त्रीको सल्लाहकारमा लक्ष्मणराज नियुक्त – Nepal Press

लुम्बिनीका मुख्यमन्त्रीको सल्लाहकारमा लक्ष्मणराज नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकारमा बर्दियाको गुलरिया नगरपालिका-४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गरेका छन् ।

नेकपा (एमाले) बर्दिया इन्चार्जसमेत रहेका ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकार बनाएका हुन् ।

स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघ-संस्थामा काम गरिसकेका छन् । पञ्चायतकालमा भूमिगत जीवन बिताएका ज्ञवालीले ८ वर्ष जेल जीवन बिताएका थिए ।

अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय युवा संघको राजनीति गरेका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाईमा पुर्याउन योगदान रहेको छ ।

लुम्बिनी प्रदेशलाई सबै हिसावले सफल बनाउने गरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताए ।


प्रतिक्रिया

One thought on “लुम्बिनीका मुख्यमन्त्रीको सल्लाहकारमा लक्ष्मणराज नियुक्त

  1. ठीक मान्छे छान्नु भयकोमा धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर