खेल, राजनीति र युद्ध सामूहिकताले मात्रै चल्छ : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खेल, राजनीति, व्यवसाय, युद्ध, परिवार सामूहिकताले चल्ने बताएका छन्।
आफ्नै घरेलु मैदानमा भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले हार्दा नमिठो लागेको भन्दै सामूहिकताले नै सफल भइने बताए।
उनले भनेका छन्, ‘भनिन्छ– हारेको सेनाले बढी सिक्छ। हामीले पनि सिक्नुपर्छ र अर्कोचोटि जित्ने कोसिस गर्नुपर्छ। मेरो विचारमा हामीले हार्नु र बंगलादेशले जित्नुमा, अरू कुराहरूका अतिरिक्त, मुख्य रूपमा हाम्रो भन्दा उनीहरूको राम्रो टिम वर्क अर्थात् सामूहिक कर्म हो।’
निजी रूपमा त हाम्रा फरवार्ड/स्ट्राइकर, गोलकिपर लगायतका खेलाडी बेजोड देखिएको उल्लेख गर्दै खेल, राजनीति, व्यवसाय, युद्ध, परिवार सामूहिकताले चल्ने भएकाले सबैतिर हिरो/हिरोइन पूजा गर्नु सट्टा टिम/संस्था निर्माण गर्न ध्यान दिन आग्रह गरेका छन्।