खुमलटारमा देउसीकाे राैनक: छमछमी नाचे प्रचण्ड (तस्बिरहरु/ भिडिओ) – Nepal Press

खुमलटारमा देउसीकाे राैनक: छमछमी नाचे प्रचण्ड (तस्बिरहरु/ भिडिओ)

देउसी टीमलाई प्रचण्डको एक लाख दक्षिणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पुगेर आज लोककलाकार र सञ्चारकर्मीको टोलीले देउसी खेलेको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको संयोजनमा उक्त देउसी आयोजना गरिएको हो ।

टोलीमा लोक गायिकाहरु शिला आले, राधिका हमाल, मन्जु पौडेल लगायत थिए भने लोकसञ्चारकर्मी नेपालमा आवद्ध पत्रकारहरु थिए । मञ्जु पौडेलले देउसी भट्याएकी थिइन् ।

प्रचण्ड देउसी टिमसँग नाचगानमा पनि सहभागी भए । उनले करिब ४५ मिनेट देउसी टिमसँग बिताएका थिए । कार्यक्रममा प्रचण्ड पुत्री गंगा पनि थिइन् । उनी भने नाचिनन् ।

प्रचण्डले देउसी टोलीलाई देउसीको शुभकामना दिँदै छोटो सम्वोधन पनि गरे
उनले भने, ‘विचारको हिसाबले पनि, भावनाको हिसाबले पनि संक्षिप्तमा निकै राम्रो प्रस्तुति दिनुभयो । हामी सबै नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारीमा छौं । गायक–गायिका, कलाकार, सञ्चारकर्मी सबैको ध्यये राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृृढ गर्ने हो । मैले त शान्ति प्रक्रियामा आएदेखि नै कला र खेलकुदलाई उच्च प्राथमिकता दिँदै आएको छु । कला संस्कृतिको जगेर्ना बिना राष्ट्रको अस्मिता जगेर्ना हुन सक्दैन ।’

प्रचण्डले देउसी टिमलाई एक लाख रुपैयाँ दक्षिणा दिएर पठाएका छन् । त्यहाँबाट उनी प्रज्ञा भवन कमलादीमा आयोजित सिस्नुपानी देउसी हेर्न आएका छन् ।

 

तस्बिर साैजन्य: गाेपीकृष्ण चापागाईं


प्रतिक्रिया

3 thoughts on “खुमलटारमा देउसीकाे राैनक: छमछमी नाचे प्रचण्ड (तस्बिरहरु/ भिडिओ)

  1. दक्षिणा एक लाख ? कहाँबाट आउँछ यत्रो पैसा ? ओलिले दिएको भए दलाल भाडाका टट्टुहरूलाई दुई महिनालाई मसला हुन्थ्यो ।

  2. चाड मनाउदा बुर्जुवा संस्कृति भनेर मान्छे काट्नेहरू आज दक्षिणा एक लाख ?

  3. हैन नेतालाई कहाबाट आउछ यत्रो पैसा? एक लाख एकै छिनमा दिन सक्ने गरि कति कमाएका होला? लुटेरा नै रैछ नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर