एमाले नेता कार्यकर्ताको कार्यशैली परिवर्तन गर्न पीएस गुरुङको आग्रह (भिडिओ)
काठमाडौं । नेकपा एमालेको उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेका नेता कार्यकर्ताको कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् ।
एमाले बागमती प्रदेश सम्पर्क समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको पारा परिवर्तन हुनुपर्ने बताए ।
त्यस्तै, उनले छिटै नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउने बताए ।
गुरुङले केन्द्रका यसअघिका प्रमुख भ्रष्टाचार प्रकरणमा मुछिएकाले नयाँ प्रमुख खोजेर केन्द्रलाई अघि बढाउने बताएका हुन् । उनले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, अन्तःशुल्क स्टिकर लगायत केन्द्रबाट छपाई गर्न सके देशको अरवौं रकम जोगिने जिकिर गरे ।
समाजवादको लक्ष्य पुरा गर्नका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सरकार अघि बढिरहेको उनले बताए । मन्त्री गुरुङले भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन स्थापीत गर्न सरकारको ध्यान केन्द्रीत रहेको पनि बताए ।
एमाले नेता समेत रहनुभएका गुरुङले पार्टीभित्र भएका कमीकमजोरीलाई सच्चाउदै अघि बढ्नुपर्ने र कार्यकर्ताहरुलाई देशको शासन व्यवस्थाका बारेमा राम्रोसंग प्रशिक्षण दिनुपर्ने धारणा राखे ।
यो मान्छे एमाले विरोधी हो । पहिल्यैदेखि एमालेको बारेमा सार्वजनिक रूपमा उल्टो कुरा गर्छ र चरम स्वार्थी पनि छ ।कुन चाहिँ एमाले बाउको छोरो रास्वपा वा बालेनको पछि लाग्यो देखाउ ? हावा कुरा गर्ने ? रास्वपा र बालेनका छाउरा बनेजस्तो गर्ने सबै देउवा र प्रचण्डका छाउरा हुन् । तिनको काम लैनचौरको हण्डी खाने अनि एमाले र विशेषगरी ओलिको विरोध गर्ने । ती न रास्वपा हुन् न बालेनका हुन् ।