अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने डिपी अर्यालको चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति डिपी आर्यलले अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।
उनले केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति पनि आपत्ति जनाए।
उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियोरु यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ। र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौँ।’
सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गरेका छन्।
उनले थपेका छन्,‘बिना अनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध९संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ।’
निजी टेलिफोनबाट आफूले गरेको संवाद नियोजित ढङ्गले गैरकानुनी प्रचार गरेको भन्दै आपत्ति जनाए।
उनले थपेका छन्, ‘मैले मेरो निजी टेलिफोनबाट को सँग, के(के संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतवश नियोजित ढङ्गले गैरकानुनी र अनधिकृत रूपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयता माथि दखल पुर्याएको हुँदा निजलाई कानुनी कारबाही गरियोस्। कानुनी प्रक्रियामा जाने नै छु।’
सभापति लामिछाने पक्राउ परेपछि उपसभापति अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए भने परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न समय मिलाउन भन्दै म्यासेज गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।
अरूको जासुसी गर्ने ती लैनचौरका हण्डीवाला हुन् । तिनलाई जीवनमा अरूका निजी विषयमाथि जासुसी गर्न १०० पटक सोच्नुपर्ने गरि कारवाही होस् । तपाईको प्रयासमा हाम्रो पनि साथ छ । अमेरिकालाई सूचना बेच्ने दलाल सबैभन्दा बढी रविको पछि लागेको छ ।सुनिन्छ त्यसको मासिक सचिवालय खर्च करिव ५ करोड छ । त्यसको खर्चको स्रोत के हो ? पक्कै पनि सूचना बेचेको र थपबेच्ने प्रतिबद्वताबाट कमाएकोबाट हुनसक्छ । छानबिन गरेर त्यस्तालाई नृपालमा टेक्ने ठाउँ नै नदिएर जुन देशलाई सूचना बेचेको हो त्यहि देश नफर्कने गरि खेद्नुपर्छ । जनताको साथ चाहियो ।
ए अनि तपाईहरुले जे पनि गर्न चाही हुने ? बोलेको कुरा गरेको ब्यवहार बाहिर ल्याउन नहुने ??? रवि लामिछाने पत्रकार हुँदा के के गर्थे रे यसो त्यो इतिहास सम्झनु त माननीय ज्यू ????