चाडपर्वले एकता प्रवर्द्धन गर्छ : मुख्यमन्त्री कार्की – Nepal Press

चाडपर्वले एकता प्रवर्द्धन गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाडपर्वहरूले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रवर्द्धन गर्ने बताएका छन् ।

नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले चाडपर्व र असल परम्पराले आदिकालदेखि नै सहिष्णु तथा सभ्य रहेको हाम्रो समाजको एकतालाई थप सुदृढ बनाउँदै लगेको बताए ।

लिच्छवी राजा राधवदेवको पालामा १४४५ वर्ष अघि राष्ट्रिय विभूति शंखधर साख्वाःले काठमाडौं उपत्यकाका किसानको ऋण मोचन गरी नेपाल संवत् चलनमा ल्याएको उल्लेख गर्दै उनले यो कार्यले लोककल्याण एवं समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशील रहन सबैलाई प्रेरणा मिल्ने समेत विश्वास व्यक्त गरे ।

नेपाल संवत् नेपालको मौलिक संवत् रहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ वर्षले सद्भाव, सहिष्णुता र र बन्धुत्वको भावना वृद्धि हुने विश्वास व्यक्त गरे । कार्तिक कृष्ण प्रतिपदा तिथि अर्थात् लक्ष्मीपूजाको भोलिपल्टबाट नेपाल संवत् सुरु हुन्छ ।

आज विशेष गरी नेवार समुदायले नेपाल संवत्लाई धूमधामले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यकाभित्र नेवार समुदायले नयाँ वर्षसँगै लक्ष्मीपूजाको दिन पुरानो बहिखाता बन्द गरी आजबाट नयाँ बहिखाता सुरु गर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *