यसरी गरियो म्हः पूजा (भिडिओ)
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन शनिबार नेवार समुदायमा म्हः (आत्म) पूजा गरिएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहि आएको छ । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । यसैबीच भक्तपुरमा सामूहिक म्हः पूजा गरिएको छ ।
नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा म्हः पूजा मनाउने गरिएको छ ।