नेपाल अमेरिकासँग ३७ रनले पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तरगत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ ।
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपालले २४४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।
टस जितेर बलिङ रोजेको नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २, २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।
अमेरिकाका साइतेजा मुक्कामाले ७५, कप्तान मोनाक पटेलले ६७ र ५९ रनको अर्धशतकीय पारी खेले । सिरिजअन्तर्गको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।