लिभरपुल विजयी हुँदा सिटी र आर्सनलको हार
हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) को शनिवार राति भएको खेलमा लिग लिडर म्यान्चेस्टर सिटी र तेस्रो स्थानको आर्सनल पराजित हुँदा लिभरपुलले भने जित निकालेको छ ।
दशौँ चरण अन्तरगतको खेलमा सिटिलाई बर्नमाउथले २-१ ले पराजित गरेको हो । यो सिजनमा सिटिले पहिलो हारको सामना गरेको छ ।
शनिवार नै भएको अर्को खेलमा लिभरपुलले ब्राइटनलाई २-१ गोलले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने आर्सनललाई न्युक्याष्टलले १-० ले पराजित गरिदिएको छ ।
शनिवार नै भएको अन्य खेलहरूमा साउथह्याम्पटनले एभर्टनलाई १-० ले पराजित गर्दा नटिङ्घम फरेष्टले वेस्टह्याम्पलाई ३-० ले हराएको छ ।
शनिवार नै उल्भ्स र क्रीस्टल प्यालेस २-२ को बराबरीमा रोकिए भने इस्विच टाउन र लिस्टर सिटी पनि १-१ को बराबरीमा रोकिए ।
शनिवारको खेलपछि १० खेलबाट २५ अङ्क सहित लिभरपुल पहिलो स्थानमा उक्लँदा समान खेलबाट २३ अङ्क सहित सिटी दोस्रो स्थानमा झरेको छ । १० खेलबाट १९ अङ्क जोडेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा उक्लँदा समान खेलबाट १८ अङ्क सहित आर्सनल चौथो स्थानमा झरेको छ ।