अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु
नेपाल प्रेस
२०८१ कार्तिक १९ गते १०:१६
रुपन्देही । अर्घाखाँचीमा भारतीय नम्बरको कार दुर्घटनामा भएको छ।
सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर५५एयू८७९३ नम्बरको भारतीय कार अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा परी कार चालक मालारानी गाउँपालिका ७ का नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर