मधेशमा सुस्तायो एमाले प्रचार, लौन झ्याली पिटौं !
नेकपा एमाले महोत्तरी जिल्ला कमिटीको अधिवेशन गएको माघ २२ गते जलेश्वरमा उद्घाटन भएको थियो, जहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । उद्घाटन समारोहमा प्रस्तुत भएको झिझिया नृत्य ‘केपी बा’ ले धेरै मनपराउनु भयो । उहाँले कलाकारको प्रशंसा गर्नुभयो, धन्यवाद दिनुभयो । दर्शकको मन पनि जित्यो त्यो नृत्यले ।
तराई-मधेशमा यस्ता धेरै सांस्कृतिक विरासतहरु छन्, जसले जो कसैलाई मन्त्रमुग्धमात्र गराउँदैन, नयाँ स्फुर्तीको आभास गराउँछ ।
निर्वाचनको बेला विभिन्न ठाउँमा ठूल्ठूला सभाहरु भएका हुन्छन् । ती सभामा बोल्ने वक्ताहरुको लामो सूची हुन्छन् । ‘सानातिना’ नेताले भाषण गर्न थालेपछि मानिसहरू झ्याउ मानेर हिँड्न थाल्छन्, अनि सांस्कृतिक प्रस्तुतिको तयारी हुन्न । भए पनि आयोजकले भन्छन्- ‘वक्ता धेरै छन्, सांस्कृतिक प्रस्तुति दिन भ्याइन्न ।’ दिक्क भएका जनताले सभास्थल छोड्ने क्रम बढ्दै गएपछि कोही हँसाउन सक्ने छन् कि या कोही गीत गाउँछन् कि, कोही चटके पो छ कि भनेर आयोजकले नै कार्यकर्तालाई खोज्नुपर्ने अवस्था आउँछ । कसैले गाउँछ, केहीले नृत्य गर्छन्, अनि फेरि मानिस अडिएर बस्छन् ।
यी दुई उदाहरण दिँदा राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्षेत्र र महत्वलाई नबुझेको हैन । मैले त पार्टी प्रचारलाई मानिसको भावनामा जोड्न खोजेको हो । प्रचार मानिसको मन-मुटुसँग जोडिनुपर्छ । सबैजसो उमेर समूहको मनमा झट्ट छाप परिहाल्ने सन्देश नै प्रचारको सफलता हो । जुन सामग्रीले गहिरो छाप छोड्छ, त्यही हो, सबैभन्दा ठूलो प्रचार-खजाना ।
नेकपा एमालेले प्रचारको लागि कमिटीगत रुपमा प्रचार तथा प्रकाशन विभाग गठन गरेर काम गरेको छ । सामान्यतयाः प्रचार विभागको काम समाचार सञ्चारमाध्यममा पठाउनु, विज्ञप्ति राख्नु, सामाजिक सञ्जाल भर्नु, केही श्रव्य-दृश्य सामग्री बनाउनु, प्रकाशन गर्नु र केही खण्डन गर्नु आदि परम्परागतमात्र हुन्छन् । लगभग ३५ वर्षदेखि यस्तै परिभाषामा नेकपा एमालेको प्रचार पद्धति चलेको छ । यसमा मेहनत पर्याप्त छ र यस्ता कार्यले जान्ने-बुझ्नेलाई काम गरेको छ, तर नेकपा एमालेलाई आधारभूत तहमा मन पराउनेले ‘सुको’ पनि उपलब्धि पाएनन् । मधेश प्रदेशमा त लामो समयदेखि न विभाग छ न त कुनै प्रचार कार्य नै ।
नेकपा एमालेसँग चामल नै छ, तर बिक्री भएको छैन । केन्द्रमा हाम्रो एउटा थोक पसल छ (विभाग), तर तलतलका पसलमा चामल नै छैन । चामलको अभाव टोल-टोलमा छ, तर किन्ने कहाँ ?
विकिपेडियाले ‘प्रचार’ को परिभाषा दिँदै ‘झ्याली पिट्ने काम’ भनेको छ । (..सूचना फैलाउने काम, झ्याली पिट्ने काम) हो, पार्टी प्रचार बुझ्न यो परिभाषा ठोस छ, अब सामाजिक सञ्जाल केन्द्रित प्रचारमात्र हैन, नेकपा एमालेले हरेक क्षेत्रमा झ्याली पिट्नुपर्छ । आक्रामक प्रचार योजना बनाउनुपर्छ । एडवर्ड बर्नेजले प्रचारको अर्थ ‘जनताको मानसिकतामा हेरफेर गर्न वा तिनीहरुको व्यवहारलाई निर्देशित गर्न योजनाबद्ध र सतर्क प्रयास’ भनेका छन् । यो परिभाषा नै राजनीतिक प्रचारका लागि महत्वपूर्ण छ । तत्कालीन समयमा लेनिनले प्रचारलाई कति धेरै महत्व दिएका थिए । उनले भनेका थिए- ‘प्रचारमात्र पर्याप्त छैन, यो संगठित संघर्षसँग जोडिनुपर्छ ।’
जोसफ गोयबेल्सले व्यापक खराब पीठो बेचे, जर्मनीमा नाजी प्रचारतन्त्र झूटो रहेछ भनेर बुझ्न मानिसले पुस्ता नै पर्खनुपर्यो । नेकपा एमालेसँग चामल नै छ, तर बिक्री भएको छैन । केन्द्रमा हाम्रो एउटा थोक पसल छ (विभाग), तर तलतलका पसलमा चामल नै छैन । चामलको अभाव टोल-टोलमा छ, तर किन्ने कहाँ ?
मधेश प्रदेशमा नेकपा एमालेप्रतिको आकर्षण थामिसक्नु छैन । एमालेमा आकर्षण बढ्नुको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीको सही मधेश दृष्टि, सक्रियता र सतहसम्मको ज्ञान नै महत्वपूर्ण हो । मधेशमा अहिले लानुपर्ने प्रचार भनेको विचार, सिद्धान्त, मधेश विकासमा उहाँको ठोस योजना र ‘समृद्ध नेपाल सुखी नेपाली’ को अवधारणा हुन्, तर परम्परागत रुपमा काम गरिरहेका हाम्रा प्रचार संयन्त्र केन्द्रीकृत छन् । मधेशका आधारभूत तहका जनतामा रहेको आकर्षणलाई बुझ्ने र सतहमा पुग्ने सोच देखिँदैन । प्रदेश र जिल्लास्तरमा बन्ने प्रचार संयन्त्रमा पनि यो पुरातन मान्यताबाट दायाँ-बायाँ गर्ने ह्याउ देखिन्न ।
केन्द्रीय प्रचार र प्रकाशन विभागको परिपत्रले मात्र मधेश प्रदेशको प्रचार कार्य उठ्दैन । यहाँको विशेषताअनुरुपको योजना बनाउन नसक्ने हो भने प्रचार कर्मकाण्डी शैलीमा नै सीमित हुनेछ । जिल्ला-पालिका-गाउँका योजनामा स्थानीय विशेषता झल्कनुपर्छ ।
मधेशमा अहिले लानुपर्ने प्रचार भनेको विचार, सिद्धान्त, मधेश विकासमा उहाँको ठोस योजना र ‘समृद्ध नेपाल सुखी नेपाली’ को अवधारणा हुन्, तर परम्परागत रुपमा काम गरिरहेका हाम्रा प्रचार संयन्त्र केन्द्रीकृत छन् ।
संविधान निर्माणको बेला अन्तर्राष्ट्रिय र घरेलु अवरोधलाई परास्त गर्दै सिंहदरबारको अधिकार स्थानीय तहसम्म कार्यान्वयन गर्ने मुख्य पात्र नै केपी शर्मा ओली भएको कुरा हामीले पुर्याउन सकेनौं । त्यो यथार्थ लान सकेको भए पछिल्लो समय कसरी देश विकासमा देखिनेगरी काम भएको रहेछ भनेर थाहा हुने थियो । यति धेरै कालोपत्रे, सडक, खानेपानी, विद्युतीकरण, स्कुल र स्वास्थ्य चौकी किन बने भन्ने बुझिन्थ्यो । नक्सा परिवर्तन गरेर देशको भूगोल फर्काउँदा होस् वा नाकाबन्दीमा अडान लिँदा होस्, यो योगदानले देशसँगै मधेशको शीर पनि उच्च भएको छ ।
कुनै बेला अध्यक्ष ओलीलाई खलनायक बनाएर प्रचार गरियो, जुन मधेशविरोधी चालबाजी रहेछ भनेर आमरुपमा चाँडै प्रकट भयो, तर समाजको धरातलीय तहमा यो कुरा अझै पुगेन । त्यसैले त्यहाँ ‘भिलेनहरुले हिरोलाई हिलो छ्याप्न’ छोडेका छैनन् । प्रचार संयन्त्रले त्यहाँ गएर हिलो छ्यापिएको अनुहारमा पानीले पखाल्ने काम गर्नुपर्ने हो । जहाँ सामाजिक सञ्जालमात्र हैन, पार्टीको संयन्त्रमार्फत आक्रामक प्रचार कार्य चाहिन्छ ।
पार्टीको मधेश प्रदेश प्रचार तथा प्रकाशन विभागले २०८० साल भदौ १ गते वीरगञ्जमा महासचिव शंकर पोखरेलबाट प्रचार कार्यालय र फेसबुक पेज उद्घाटन गरेको थियो । मधेश प्रदेशमा पार्टी प्रचार हेर्ने केन्द्रीय सदस्य अरविन्द सिंहको केन्द्रीय भूमिका थियो त्यो सक्रियतामा । अहिले त्यो जोश कायम हुन सकेन, त्यो प्रयासमा मलजल भएन । थोक पसल चलेन । बजारमा मन्दी नआउँदै हाम्रो पसलमा सामान सकियो । यो पवित्र प्रयासलाई अब फेरि घनीभूत बनाउन जरुरी छ, तर अहिलेको प्रचार दृष्टिले यो पसललाई व्युँताउन सक्ला र ?
निष्कर्ष यो हैन कि आजका आधुनिक प्रचार संयन्त्र चाहिन्न । बरु आधुनिक दुनियाँका प्रचार संयन्त्रहरुलाई भरपुर उपयोग गर्दै प्रचार कार्यलाई पार्टीको सबै तहका कमिटी र सबै जनवर्गीय संगठनका तहगत इकाइमा अभ्यास गर्नुपर्छ । अहिले चैं कमिटी भए, तर अभ्यास भएन । केन्द्र, प्रदेश, जिल्ला र पालिका तहका प्रचार संयन्त्र नै हाम्रा मूल मार्ग हुन्, तर यसमा पार्टी कमिटी प्रणालीको माला नगाँसेसम्म हामी काम त गर्छौंं, तर लक्ष्य भेदन हुनेछैन ।
मधेश प्रदेशमा त प्रचार शैली पूरै निदायो, अब व्युँझाउँदै छिटोऔछिटो झ्याली पिटौं । प्रचार संयन्त्र यस्तो बन्दुक बनाऔ, जुन गोलीले चराको आँखाबाहेक अन्यन्त्र नदेखोस् ।
(वाग्ले नेकपा एमाले मधेश प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागका पूर्वसचिव हुन् ।)
प्रभू साहले ओलि सरकारले कर बढाएकाले महङ्गी बढेको भनेर भनेछ र त्यो समाचारलाई ऋषि धमलाले मुख्य समाचार बनाएर छापेछ । साहलाई के हेक्का हुनुपर्ने हो भने अहिलेका करका दर यसपालीको बजेटमा व्यवस्था गरेर लागू गरिएको हो । अनि त्यो बजेट उसले सँगै मिलेर जनयुद्वको नाममा केवल मान्छे मार्ने र जनता लुटने माओवादीले ल्याएको हो । अब यसलाई माओवादीले बढाएको करले महङ्गी बढेको भन्न लाज लाग्छ किनकी आदेश ओलिको विरोध गर्नु भन्ने छ । उसले केवल आदेश पालना गरेको हो । मलाई त विरोध करको भन्ने तर ओलि सरकारले भारतबाट हुने तस्करी माथि कडाई गरेकोले त्यसको हो जस्तो लाग्छ । तस्करी गर्न लगाउने, भाग खाने गरेकाले तस्करी नियन्त्रणको विरोध गर्न करको कुरा उठाएकोजस्तो लाग्यो । तस्करी र रौतहटमा हुने नक्कली नोट उत्पादन बन्द गरिदिएमा प्रभू साहको पार्टी कोल्याप्स हुन्छ । मेरो दावि हो । छानबिन गरौं ।