कीर्तिपुरका दिवंगत मेयरकी पत्नीसहित कांग्रेसबाट ११ जना उम्मेदवारका लागि सिफारिस – Nepal Press

कीर्तिपुरका दिवंगत मेयरकी पत्नीसहित कांग्रेसबाट ११ जना उम्मेदवारका लागि सिफारिस

काठमाडौं । मंसिर १६ गते हुने निर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट करीव एक दर्जनको नाम सिफारिस भएको छ ।

कीर्तिपुर नगर समितिले उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको हो । सिफारिसको पहिलो सूचीमा नगर समिति सभापति कृष्णमान डंगोलको नाम छ ।

उनी आफैंले आफ्नो नाम पहिलो नम्बरमा राखेर अरु सबै आकांक्षीको नाम सिफारिस गरेका हुन् । अन्य आकांक्षीमा बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन् ।

कार्यकाल पूरा नगरी निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी जमुनाको नाम समेत चौथो नम्बरमा सिफारिस गरिएको छ ।
कीर्तिपुरको मेयरमा एमालेबाट डा.सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवलाल महर्जनको नाम सिफारिस भएको छ । राप्रपाबाट पूर्व मेयर ध्रुर्व महर्जन उम्मेदवार बन्ने तय भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर