रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति – Nepal Press

रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

2 thoughts on “रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

  1. राम्रो । सडकमा हुलहुज्जत गर्नेहरूका बारेमा पनि अदालतमा प्रश्न उठाउनु पर्छ अब । एउटा पार्टीको सभापति मात्र होइनन रवि लामिछाने उनी विधायक पनि हुन । त्यसैले उनका अनुयायीहरूले विधि विधानको धज्जी उडाउनु अदालतको अपमान पनि हो ।

  2. काँग्रसका दलालले रवि र उनका पार्टीका मान्छेलाई पक्रिने कुरा गर्छन् । तर तिनले आफ्नो खाल्डो आफैं खन्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर