प्रचण्डले गरे कीर्तिपुर र गौरीशंकर गाउँपालिका उपाध्यक्ष उम्मेदवारसँग छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहका उपनिर्वाचनका उम्मेदवारसँग छलफल गरेका छन्।
खुमलटार बोलाएर पार्टीबाट टुंगिएका काठमाडौंको कीर्तिपुर र दोलखाको गौरीशंकर गाउँपालिकाका उम्मेदवारलाई जितको शुभकामना दिएका हुन्।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट काठमाडौंको कीर्तिपुर नगरपालिकाका उम्मेदवार प्राध्यापक डाक्टर शिवशरण महर्जन, कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा ईञ्जिनियर नारायण विष्ट उम्मेदवार बनाएको छ।
यस्तै, माओवादीले दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेखी शेर्पा (डोल्मा)लाई उम्मेदवार बनाएको छ। उनीहरु सम्बन्धित कमिटीबाट सर्वसम्मत उम्मेदवार बनेका हुन्। माओवादीले यसपटकको निर्वाचनमा एक्लै चुनाव लड्ने तयारी गरेको छ।