नेपाललाई हराएर उपाधि जिताएका बंगलादेशी महिला टोलीका कोचले दिए राजीनामा
नेपाल प्रेस
२०८१ कार्तिक २१ गते १४:५५
काठमाडौं । साफ महिला फुटबलको लगालग दुई उपाधि जितेको बंगलादेशी टोलीका कोचले राजीनामा दिएका छन् । उनले तीन महिनाको तलब नपाएको तथा तलब पनि नियमित नभएको गुनासो गर्दै उपाधि जिताएर राजीनामा दिएको खुलेको छ ।
बेलायती नागरिक पिटर बट्लरले उपाधि जितेको भोलिपल्ट राजीनामा घोषणा गरेको बंगलादेशी मिडिया सोमोइ न्युजले जनाएको छ ।
सोमोइ न्युजका अनुसार बट्लरले भनेका थिए, ‘म धेरै गलेको छु । मेरो कोचिङ करिअरमा यति धेरै चुनौती मैले भोगेको थिइनँ । मलाई तीन महिनासम्म पारिश्रमिक दिइएको छैन ।’
आफ्नो सम्झौता सकिन दुई महिना बाँकी छँदै उनले राजीनामा दिएको सार्वजनिक भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर