युरोपा लिगमा म्यान्चेस्टर युनाइटेडको पहिलो जित
नेपाल प्रेस
२०८१ कार्तिक २३ गते ७:४४
हेटौँडा । युरोपा लिगको अघिल्लो ३ खेलमा बराबरी खेलेको इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडले चौथो चरणमा आइपुग्दा पहिलो जित निकालेको छ ।
उसले ग्रीसको पाओके विरुद्ध जित निकाल्दै पहिलो स्पष्ट तीन अङ्क हासिल गर्न सक्यो ।
दोस्रो हाफपछि युनाइटेडका अमाड डायलोले दुई गोल गरेपछि युनाइटेडको पहिलो जित सम्भव भएको हो । डायलोले खेलको ५०औ र ७७ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो जित दिलाए ।
जितपछि चार खेलबाट युनाइटेड ४ अङ्क सहित १५ औँ स्थानमा रहँदा पाओके १ अङ्क सहित ३३ औँ स्थानमा छ ।
प्रतिक्रिया