ओली सरकारको सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको छ : नेता महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको टिप्पणी गरेका छन् ।
कांग्रेस डडेल्धुराले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारले जनता छाएको निरासालाई आशामा बदल्न असफल भएको बताए ।
उनले भने, ‘सरकार जनअपेक्षा अनुसार चल्न सकेको छैन । १०० दिने हनिमुन अवधिमा सरकारले खासै सफलता हात पार्न सकेन । ससंद्को सबैभन्दा ठूलो पार्टी कांग्रेस मुकदर्शक भएर बसेको छ । यो सरकारका सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको छ ।’
उनले कांग्रेसको जारी १०० दिने अभियानमा सरकारप्रति जनता सन्तुष्टिको समीक्षा हुने बताए ।