मानव तस्करीको आरोप लागेका लीलावल्लभबारे एमाले- सरकारले छानबिन गरोस्, हामी सघाउँछौं (भिडिओ)
नेपाल प्रेस
२०८१ कार्तिक २४ गते १५:४६
काठमाडौं । नेकपा एमालेले जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीमाथि छानबिन गर्न सरकारलाई सघाउने जनाएको छ ।
आज बसेको सचिवालय बैठकले प्रदेश कमिटीले पार्टीबाट निलम्बन गर्न पठाएको सिफारिस अनुमोदन गर्दै छानबिनलाई सहयोग गर्ने निणय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले भने, ‘उहाँमाथि गम्भीर प्रश्न उठेको कानूनी निरुपण नभएसम्म पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । उहाँमाथि लागेको आरोपमा तथ्यपरक वस्तुनिष्ठ, गम्भीर छानबिन राज्यका निकायले गरुन्, त्यहाँ पार्टीको तर्फबाट सहयोग हुन्छ ।’
प्रतिक्रिया
गुड !!
१.जिउँदो संगठन, जिम्मेवार पार्टी यस्तो हुन्छ !! कानुन सबैको लागि बराबर, कानुनी राज सबैको चाहना : हो त्यो सम्बोधन भयो आज !! कोहि कहीं कतै मति बिग्रिएका छन् भने कसै गरी लुक्न सक्तैनन् भन्ने उदाहरण हो यो !!
२. पार्टी र सरकार यस्तै सुद्दिकरण अभियानमा खरो उत्रिनु पर्छ : अपराधी दण्डित हुने र इमान्दार प्रोत्साहित हुने सभ्य र न्यायपूर्ण समाज बन्नु पर्छ : आश, भरोशा र भविस्य प्रति बिस्वाश जाग्ने आधार तयार हुनु पर्छ !!
३. साथै, इन्टरनेट र संचार प्रविधिको दुरुपयोग गरेर मान्छे ठग्न संसार भारि फैलिएका छन् ठगहरु : जो पनि जत्ति बेला पनि ठगिन सक्छन, यो अर्को पाटो मा बिसेस ध्यान दिने पर्छ !!
४. फेरी पनि धन्यबाद एमाले : ‘गलत’ लाई ‘गलत’ भन्न सक्ने चेतना, तागत र हैसियत कायम राखेको र जो सुकै होस् ब्येक्ति भन्दा संस्था बलियो हो बाटो बिराउनेलाई गल्ति अनुसारको दण्ड दिलाउन सक्ष्यम छ पार्टी भन्ने आभास दिलाएकोमा !!