राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर (भिडिओ) – Nepal Press

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर (भिडिओ)

काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

महानगरले ललितपुरको हरिहर भवनमा रहेको सहकारी बोर्डको पर्खाल डोजर लगाएर भत्काएको हो । २०७३ साल पुसमा नै तत्कालिन ललितपुर उपमहानगरपालिकाले सडक ओगटेर बनाएको मापदण्ड विपरीतको उक्त पर्खाल भत्काउने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध बोर्ड अदालत गएको थियो । अदालतले समेत उक्त संरचना मापदण्ड बिपरित रहेको ठहर गरेपछि महानगरले डोजर लगाएर पर्खाल भत्काएको ललितपुर महानगरका नगरप्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

पर्खाल भत्काएसँगै उक्त स्थानमा सर्वसाधारणका लागि आवतजावत गर्न सडक खुल्ला हुने नगरप्रमुख हाछेथुले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *