कोशीका पूर्वमन्त्री अधिकारीको डेरामा सादा पोसाकका प्रहरीको घेरा – Nepal Press

कोशीका पूर्वमन्त्री अधिकारीको डेरामा सादा पोसाकका प्रहरीको घेरा

विराटनगर । जापान काण्डमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको डेरामा सादा पोसाकका प्रहरीले घेरा हालेका छन् ।

उनको विराटनगर महानगरपालिका–२ स्थित डेरामा सादा पोसाकका प्रहरीले घेरा हालेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएका सादा पोसाकका प्रहरीले घर घेरा हालेका हुन् ।

निवर्तमान मन्त्री अधिकारीलाई भेट्न केहीबेर अघि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया पनि केही बेरअघि त्यहाँ पुगेका छन् ।

उनी आजै दिउँसो १ः५० बजेको यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं जाने तयारीमा थिए ।

उनले ‘आफू अनुसन्धानमा सहयोग गर्न आएको र अनुसन्धानको दायरामा ल्याइयोस् भन्ने बेहोरको निवेदनसहित अधिकारी काठमाडौंस्थित प्रहरीको सम्पर्कमा जान लागेका थिए । तर, प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । जापान भ्रमणमा जाने नाममा मानव तस्करी गरेको आरोप अधिकारीमाथि लागेको छ ।

नक्कली कागजात बनाएर जापान पुगेका रसुवाका कञ्चन देवकोटा खोटाङका दावा शेर्पा र जनक राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तत्कालीन मन्त्री अधिकारी आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरिएको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान गएका थिए ।


प्रतिक्रिया

One thought on “कोशीका पूर्वमन्त्री अधिकारीको डेरामा सादा पोसाकका प्रहरीको घेरा

  1. यो त एक देखावटी पात्र मात्रै होला । छद्मभेषिहरु त थुप्रै बाँकी होलान । परिवर्तन वाहक हरुको रातो पासपोर्ट काण्डहरु त सुनेको पढेकै हो क्या रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *