निरौला र पाण्डे सर्वोच्च अदालतको न्यायाधीश नियुक्त
नेपाल प्रेस
२०८१ कार्तिक २५ गते १४:३२
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम आइतबार निरौला र पाण्डेलाई न्यायाधीश नियुक्त गरेका गरेका हुन् ।
संसदीय सुनुवाइ समितिबाट शुक्रबार मात्रै मनुमोदित भएका निरौला र पाण्डे न्यायाधीश नियुक्त भएका हुन् ।
न्याय परिषद्को गत भदौ १७ गतेको निर्णय अनुसार उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेय सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर