अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन – Nepal Press

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ बारे छलफल गर्न संसदीय उपसमिति गठन भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले समितिका सदस्य एवम् नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यमा समितिका सदस्य एवम् सांसद दिलेन्द्रप्रसाद बडू, बुद्धिमान तामाङ, सरिता प्रसाईं, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, हितराज पाण्डे, अशोककुमार राई, प्रकाश अधिकारी, सर्वेन्द्रनाथ शुक्ला, राजेन्द्रप्रसाद पाण्डे र चन्दा कार्की रहेका छन् ।

उपसमितिले विधेयकमा सहमति जुटाएर मूल समितिमा पेस गर्ने समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०८० भदौ ३१ देखि राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । २०७६ माघ ६ मा राष्ट्रियसभामा दर्ता भएको थियो । राष्ट्रियसभाबाट २०७९ चैत २७ मा पारित भएर प्रतिनिधिसभामा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर