राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको ध्यानाकर्षण – Nepal Press

राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाका अनुसार परीक्षाफल प्रकाशन लगायतमा हुने गरेका गम्भीर त्रुटि सच्याउन मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

खोटाङ केपीलासगढी गाउँपालिका–५ थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको आरोप लगाएका थिए ।

उनले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले चासो राखेको थियो ।

साथै राष्ट्रिय परीक्षा बोर्डमा, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट पनि प्रभावकारी बनाउन ध्यानाकर्षण गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर