विद्युत बक्यौता विवादमा कुलमानलाई सरकारको चेतावनी- निर्णय कार्यान्वयन गर्दिनँ भन्नेकुरा क्षम्य हुँदैन (भिडिओ)
काठमाडौं । सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने चेतावनी दिएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले गरेका निर्णयहरूमा कर्मचारीले आफ्ना मत राख्न पाउने तर निर्णय कार्यान्वयन गर्दिन भन्नेकुरा क्षम्य नहुने बताए ।
उनले भने ‘लामो समयदेखि विवादमा रहेको यो समस्या हो । राजश्व पनि उठ्नुपर्छ, विद्युत महसुलको बक्यौता पनि उठ्नुपर्छ । र रोकिएको क्रम पनि सुरु गर्नुपर्यो । सरकारको यो निर्णय ऊर्जा, जलश्रोत सिँचाइ मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने तदारुकता देखाउनुपर्छ। सरकारले गरेका निर्णयबारे कर्मचारीले आफ्नो धारणा राख्न त पाउँछ, तर सरकारको निर्णय कार्यान्वयन गर्दिन भनेर कसैले भन्छ भने त्यो क्षम्य हुँदैन ।’
सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत महसुल पनि बिलअनुसार १५ दिनभित्र बुझाउन सरकारले निर्देशन दिएको बताए ।
७२ सालदेखि अहिलेसम्म महशुल किन नउठाएको ? दुई तीन महिनाको बाँकी हुने बितिक्कै लाईन काटनु पर्दैन ? अहिलेसम्म के हेरेर बसेको ? ९ वर्षसम्म नउठाएर अहिले अकस्मात लाईन काटनु के कारण ? करोडौं हिसावमा आएको छ । तिर्ने भए तिर नभए लाईन बन्द भनियो ल । अहिले उसै त उद्योगहरू नचलेर अफ्ठ्यारो बेला छ । एकैचोटी लाईन बन्द गरिदिएर उद्योग चल्न बन्द भएपछि कसरी तिर्छ व्यापारीले ? लामो समयको बक्यौता एकैचोटी अफ्ठ्यारो बेलामा तिरे तिर नतिरे खैरियत छैन भन्नू जायज हो त ? यसले समस्याको समाधान गर्छ? पैसा पनि तिर्ने उद्योग पनि चल्ने वातावरण बनाउनु वुद्विमानी होईन ? कस्ने हो भने उद्योग बन्द हुन्छ सधैंको लागि र पैसा पनि उठदैन । यस्तो बाँदर प्रवृतिको निर्णय गर्ने कुलमान र त्यसलाई भाषणको विषय बनाउने प्रचण्ड दुवै यो देश सखाप पार्ने तत्व हुन् ।
एमालेको मतियार रहिछौं भन्ने लेखाइबाट देखियो
Congress lai sodhnoo Kina roilo Gare ko
यो भ्रष्ट सरकार भ्रष्ट मति कै छ ।दलाल हरुको मात्रै यो सरकार जनता मारा सरकार हो ।सरकारले मनपरि निर्णय गर् पाईदैन ।
३३% बक्यौता रकम नतिर्ने जो कोहिको सरकार वा कर्मचारीले लाइन जोड्न पाइन्न सरकारले स्पष्ट भन्नू पर्छ ।अन्य रकम सर्तनामा राखेर तिराउनु उत्तम हुनेछ।