मन्त्रिपरिषद् निर्णय: राजीनामा दिएको २ महिनापछि स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीको राजीनामा स्वीकृत (सूचीसहित)
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिएको राजीनामा २ महिनापछि स्वीकृत गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले करिब १ वर्षअघि बोर्डको अध्यक्ष नियुक्त गरेकोमा सरकार परिवर्तन भएसँगै लोहनीले गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष राजीनामा बुझाएका थिए ।
करिब २ महिनापछि मात्रै सरकारले लोहनीको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।
मन्त्रिपरिषद् बैठकले भन्सार महसुल नियमावली २०८१ स्वीकृत गर्ने, राहदानी (दोस्रो संशोधन) नियमावली २०८१ पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्ता छन् आइतबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
पुराना गाडी लिलाममा बेच्न गरेको निर्णयको स्वागत गर्नुपर्नेमा ईभिमा परिणत गरिदिन्छु भन्ने एउटा कम्पनिको एजेण्ट बनेर एउटा अनलाईनले विरोध गरेको देख्दा यो देशका पत्रकार कसरी दलाली गर्छन र मन नपरेको सरकारको विरोध गर्छन भन्ने देखियो । थोत्रा गाडी यत्रतत्र भनेर विरोध गर्ने पनि पहिला त्यहि हो, सरकारले केही गरेन भनेर । अब अहिले स्टार्टअप कम्पनिको दलाल बनेर ईभिमा परिणत गर्न दिएन भन्ने पनि त्यहि पत्रकार । ईभिमा परिणत गर्दा त सरकारले करोडौं खर्च गर्नुपर्छ । त्यहि पैसा खाउँला भनेको नपाएर रन्थनिएर विरोध गरेको । त्यो फेरि १२ भाइ मध्येकै हो ।