हिरासतमा भेट्न पुगेका नेताहरुसँग रवि- यो राजनीतिक प्रतिशोध नै हो भन्ने कुरा नागरिकलाई बुझाउन नचुक्नुस् (भिडिओ) – Nepal Press

हिरासतमा भेट्न पुगेका नेताहरुसँग रवि- यो राजनीतिक प्रतिशोध नै हो भन्ने कुरा नागरिकलाई बुझाउन नचुक्नुस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका हुन् ।

भेटपछि सभापतिसँग भएको छलफलको विषयमा पार्टीभित्र छलफल गरेर पर्सि पत्रकार सम्मेलन गरेर जानकारी गराउने प्रवक्ता झाले बताए ।

 

उनले भने, ‘अहिलेसम्म राज्यसत्ताले गरेको प्रतिशोध र आगामी कदमबारे जानकारी गराउँछौं । पर्सि अपरान्ह केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन हुन्छ ।’

उपसभापति वाग्लले पनि प्रतिशोध साध्न नै सभापतिलाई अनावश्यक हिरासतमा राखेको बताए ।

उनले भने, ‘हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । कुनै ठोस योजना बनाएर अन्य साथीहरुलाई पनि जोड्छौं ।’

अर्का उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलनलाई व्यवस्थित मोडालिटी बनाएर जाने बताए । हिरासतमा भए पनि सभापति लामिछाने नै हुने उनले दोहोर्‍याए ।

भेटमा सभापतिको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस् । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।’


प्रतिक्रिया

One thought on “हिरासतमा भेट्न पुगेका नेताहरुसँग रवि- यो राजनीतिक प्रतिशोध नै हो भन्ने कुरा नागरिकलाई बुझाउन नचुक्नुस् (भिडिओ)

  1. अब धेरै बुझाउनु पर्दैन जनताले राम्रोसँग बुझिसके । अरु पार्टीका नेतालाई समात्दा ,अनुसन्धान वा कारबाही गर्दा अपराधिलाई गरेको हुने तिम्रा पार्टीकालाई समात्दा वा अनुसन्धान र कारबाही गर्दा राजनैतिक प्रतिसोध हुने ।तेरिमा नेटवर्किङ्ग ठग र सहकारी ठगहरु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर