११ बुँदे मागसहित त्रिवि सुधार रुपान्तरणमा अनेरास्ववियु – Nepal Press

११ बुँदे मागसहित त्रिवि सुधार रुपान्तरणमा अनेरास्ववियु

काठमाडाैं । अनेरास्ववियुले त्रिवि सुधारकाे रुपान्तरण अभियान अगाडि बढाएकाे छ ।

त्रिवि अन्तर्गतका परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र तथा समग्र त्रिवि सुधारका ११ बुँदे माग राख्दै अनेरास्ववियुले त्रिवि सुधारकाे रुपान्तरणकाे अभियान अगाडि बढाएकाे अनेरास्ववियुकाे जिल्ला कमिटी कीर्तिपुरका अध्यक्ष सिद्धान्त भट्टले जानकारी दिएका छन् ।

अनेरास्ववियुले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वत: स्थायी गर्ने विषय खारेज गर्न माग गरेकाे छ ।

त्रि.वि सेवा आयोग मार्फत लेक्चरर र कर्मचारीको नयाँ विज्ञापन तत्काल प्रकाशन गर्न माग गरेकाे छ भने रिक्त डिनलगायतका पदाधिकारी नियुक्तिलगायतकाे माग राखेर अनेरास्ववियुले अभियान अघि बढाएकाे हाे ।

यस्ता छन् मागहरु:

त्रिवि अन्तर्गतका परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र तथा समग्र त्रि वि सुधारका ११ बुँदे माग राख्दै अनेरास्ववियुले त्रिवि सुधारकाे रुपान्तरणकाे अभियान अगाडि बढाएकाे छ ।

मागहरुः

➤त्रि.वि मा कार्यरत आंशिक शिक्षकलाई स्वत: करार गर्ने प्रक्रिया खारेज गर ।

➤त्रि.वि सेवा आयोग मार्फत लेक्चरर र कर्मचारीको नयाँ विज्ञापन तत्काल प्रकाशन गर ।

➤त्रि.वि सेवा आयोगको परीक्षा सञ्चालनका लागि सबै आवश्यक व्यवस्था सुनिश्चित गर ।

➤ विभिन्न संकाय तथा संस्थानका डिन, कार्यकारी निर्देशक, विभागीय/क्याम्पस प्रमुख पदको सबै नियुक्ति प्रक्रिया सार्वजनिक गर, पारदर्शिता कायम गर।

➤त्रि.वि मा महिनौं देखि रिक्त रहेका डिन लगायत पदहरूको यथाशीघ्र नियुक्ति गर ।

➤ त्रि. वि. को विद्यमान अवस्था (शैक्षिक, प्राज्ञिक र प्रशासनिक) सुधार र व्यवस्थित नभएसम्म नयाँ पुराना कार्यक्रमको सम्बन्धनको प्रक्रिया खारेज गर ।

➤विद्यार्थीहरुको उत्तर पुस्तिकामा चरम लापरबाही गर्ने परीक्षा नियन्त्रक लगायतलाई यथाशीघ्र कारबाही गर, परीक्षा नियन्त्रण कार्यालयलाई प्रविधिमैत्री बनाइ अनलाइन प्रणाली सूचारु गर, पनिका को सेवा प्रवाहमा हुने अनावश्यक प्रक्रिया परिमार्जन गर ।

➤पाठ्यक्रम विकास केन्द्रमा हुने चरम लापरवाही, ढिलासुस्ती र बेतिथीको अन्त्य गर, ४८ घण्टा भित्र सेवा प्रवाह गर, अनावश्यक प्रक्रिया परिमार्जन गर।

स्नातकोत्तर तहमा शोध अनुदान (Master Research Support, M. Phil Research Support) को संख्या र रकम बढाउन, विश्वविद्यालयहरुमा विद्यावारिधि (PHD) गर्दै गरेका विद्यार्थीहरुलाई दिइने PHD Fellowship को संख्या र मासिक Stipend बढाउन UGC लाई प्रभावकारी पहलकदमी गर। रोकिएका अनुदान परिमार्जन गरी पुन: सुचारु गर ।

उत्कृष्टता, क्षमता र अनुसन्धान प्रस्तावलाई आधार मानी स्नातकोत्तर तह भर्खरै सकेका सबै संकायका विद्यार्थीहरुलाई Assistant Junior Research Fellowship मासिक Stipend को व्यवस्था गर । -विश्वविद्यालय भित्र रहेका व्यवसायिक प्रयोजनका सबै संस्था हटाई सबै सम्पत्तिको संरक्षण गर ।

यसअघि राखिएका हाम्रा सबै मागहरु सम्बोधन गर।

अनेरास्ववियु त्रि.वि. जिल्ला कमिटी,कीर्तिपुर

अध्यक्ष
सिद्धान्त भट्ट

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर