फुपूको घर आएकी बालिकालाई मध्यरातमा भेट्न बोलाएर प्रेमी र भिनाजुले गरे बलात्कार – Nepal Press

फुपूको घर आएकी बालिकालाई मध्यरातमा भेट्न बोलाएर प्रेमी र भिनाजुले गरे बलात्कार

चितवन । चितवनकी १५ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । जिल्ला अदालत चितवनमा कात्तिक १३ गते दर्ता भएको मुद्दाअनुसार फुपूको घरमा गएकी बालिकालाई फकाएर प्रेमी र भिनाजुले बलात्कार गरेका हुन् ।

भरतपुर महानगरपालिकाभित्र घर भएका प्रेमीले बालिका आफ्नो घरबाट फुपूको घर गएको मौकामा असोज २० गते राति १२ बजे बालिकालाई फकाएर भेट्न बोलाएका थिए ।

चितवन प्रहरीमा बालिकाकी आमाले दिएको जाहेरीअनुसार २० वर्षीय प्रेमी प्रमेश गुरुङले फकाएर मध्यरातमा फुपूको घरबाट केही पर धान खेतमा बालिकामाथि जबरजस्ती गरेका थिए । रातको समयमा मदिरा सेवन गरेका प्रेमीले बलात्कार गरेपछि आफ्नै भिनाजुले पनि उनलाई बलात्कार गरी रगताम्य बनाएर धान खेतमा छाडेर हिँडेका थिए ।

उनीहरू दुवैजना हिँडेपछि बालिकाले आमालाई फोन गरेर बोलाएकी थिइन् । विक्षिप्त अवस्थामा बालिकालाई घर लगेपछि परिवारले जाहेरी दिएका हुन् ।

प्रहरीले घटनामा संलग्न अभियोगमा दुबैजनालाई पक्राउ गरेर मुद्दा दर्ता गरिसेको छ । मुलुकी फौजदारी संहिता अनुसार १८ वर्षमुनिका बालिकासँग सहमति लिएर पनि शारीरिक सम्पर्क गरेमा बलात्कार ठहर हुन्छ ।

१६ वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार गरेमा १२ देखि १४ वर्षसम्म कैद सजाय र पाँच लाख रूपैयाँसम्म जरिवाना सजाय हुने कानूनी व्यवस्था छ । अझ सामूहिक बलात्कार गरेमा त्यस्तो अवस्थामा थप पाँच वर्ष कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले कात्तिक १३ गते जिल्ला अदालत चितवनमा दर्ता गरेको अभियोगमा पनि १४ वर्षसम्म कैदसहित थप सामूहिक बलात्कारको कैद र पाँच लाख रूपैयाँ जरिवाना पनि माग दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर