रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने – Nepal Press

रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्ने भएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश दिएको हो ।

अनुसन्धानमा रहेकै अवस्थामा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने

  1. यो त अति भो । मुद्दा हाल्नेको सर्वनास हुनसक्छ राजनीतिमा फेरि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर