दुई दलीय संयन्त्र कोशी प्रदेशका १४ जिल्लामै बन्ने – Nepal Press

दुई दलीय संयन्त्र कोशी प्रदेशका १४ जिल्लामै बन्ने

विराटनगर । नेकपा एमाले र नेपाली काङ्ग्रेस बिच बनेको कोशी प्रदेश स्तरीय दुईदलीय संयन्त्र जिल्ला तह सम्म बिस्तार हुने छ । २ दलीय संयन्त्रको विराटनगरमा बसेको बैठकले प्रदेशका १४ वटै जिल्लामा २ दलीय संयन्त्र बन्ने छ ।

बैठकपछि आज भएको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशका इन्चार्ज तथा संयन्त्रका सदस्य शेरधन राईले एक साता भित्रमा सबै जिल्लामा संयन्त्र बन्ने बताए ।

उनले भने, ‘संयन्त्रमा एमाले र कांग्रेसका ३(३ जना जिल्ला तहका नेताहरू रहनेछन् ।’

उनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने बताए ।

जिल्ला तहमा बन्ने संयन्त्रले स्थानीय तहका जनप्रतिनिधीहरुसँग दलका नेताहरूले समन्वय गर्ने बताए ।

पत्रकार सम्मेलनमा दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालै पालो गर्ने निर्णय भएको नेपाली काङ्ग्रेस प्रदेश अध्यक्ष उद्धव थापाले बताए ।

बैठकले कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका माननीय मन्त्रीहरूसँग प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा २०८१ साल मङ्सिर १४ गते शुक्रवार विराटनगरमा छलफलको आयोजना गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर