आफ्नैलाई विपक्षी ठान्नेहरुले कांग्रेस एक्लै चुनाव लड्छ भनेर मात्रै हुँदैन : प्रकाशशरण महत – Nepal Press

आफ्नैलाई विपक्षी ठान्नेहरुले कांग्रेस एक्लै चुनाव लड्छ भनेर मात्रै हुँदैन : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्ता डा. प्रकाशशरण महतले ०७४ को चुनावी नतिजाको कारणले गएको निर्वाचनमा आफूले चुनावी गठबन्धन गर्न बाध्य भएको बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समिति बाग्लुङमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिले आफूहरु एक्लै चुनाव लड्ने लक्ष्यमा रहेको बताए ।

उनले भने, ‘हामी आफ्नै साथीहरुलाई विपक्षी ठान्छौं, हाम्रो विपक्षी पार्टीलाई ठान्नुको सट्टा, त्यसो गर्दा हाम्रो शक्ति विभाजित भइरहेको हुन्छ। त्यसमा ख्याल गर्नुपर्छ । हामी एक्लै लड्नुपर्थ्यो गठबन्धन किन गर्नुपर्थ्यो अघिल्लो चुनावमा भन्ने कुरा उठ्यो । हामी चाहन्छौं, एक्लै लडन, तर आपसमा मिल्नुपर्यो नि । आसपमा पनि नमिल्ने अरुसँग पनि मिल्दैनौं भन्ने अनि परिणाम आउँछ । अरुसँग नमिल्ने भए हामी मिल्नुपर्यो । ०७४ अरु मिले हामी आपसमा पनि राम्रोसँग नमिल्दा २३ सीट मात्रै जितेका होइनौं। एक्लै लड्को हो नि ।’

उनले कांग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसकेको बताए । आफ्नो पार्टीले गरेको काम देखाएर अरु पार्टीले चुनाव जितिरहेको बताए ।

उनले थपे, ‘जनताले अनुमोदन गरेमात्रै हामी सरकारमा जान्छौं, त्यसैले हामी लोकतन्त्र र प्रजातन्त्रको लागि लड्छौं । जनताले अनुुमोदन गरेनन् भनेर हामीले आफूलाई जतिसुकै राम्रो दाबी गरेपनि सत्तामा जाने अधिकार हामीलाई हुँदैन । त्यही कुरा माओवादीसहित अरु दलले पाएको भए निर्वाचन पर्खेर बस्दैनथ्यो । तुरुन्तै जान्थ्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर