बढ्दो अराजकताविरुद्ध र कानूनीराजका पक्षमा एमालेले काठमाडौंमा जागरणसभा गर्दै – Nepal Press

बढ्दो अराजकताविरुद्ध र कानूनीराजका पक्षमा एमालेले काठमाडौंमा जागरणसभा गर्दै

आवश्यक तयारी गर्न राजन भट्टराईको नेतृत्वमा ११ सदस्यीय समिति गठन

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारी थालेको छ । हालै बसेको सचिवालयको बैठकको निर्णय अनुसार एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

जागरण सभाको तयारीका लागि महासचिव शंकर पोखरेलको उपस्थितीमा आज पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठक बसेको संयोजक राजन भट्टराइले बताए ।

बैठकले बागमती प्रदेशको इन्चार्ज भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन गरेको छ ।
समितिको सहसंयोजक कैलाश ढुंगेल र सदस्यहरुमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल, जनक चौधरी रहेका छन् ।

जागरण सभा संयोजन समितिको आजै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको छ ।

मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुर्याउने उद्देश्य लिएको संयोजक भट्टराइले बताए ।

 


प्रतिक्रिया

One thought on “बढ्दो अराजकताविरुद्ध र कानूनीराजका पक्षमा एमालेले काठमाडौंमा जागरणसभा गर्दै

  1. यति ठुलो संख्याको नेवार बाहुल्य भएको क्षेत्रमा हुन गइरहेको सभा संयोजन समितिमा एक जना पनि नेवार मित्र पाएन एमालेले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर